बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक सुरु, राष्ट्रियसभामा गौतम कि खतिवडा ?

बिहीबार, १८ भदौ २०७७, १५ : २०
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बैठक सुरु भएको हो ।

यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । 

गत भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबार बोलाइएको हो । 

बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

त्यसबाहेक बैठकमा राष्ट्रिय सभाको रिक्त एकजना मनोनित गर्ने एक सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय छलफल गर्ने नेताहरुको तयारी छ । 

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप