नेकपा सचिवालय बैठक सुरु, राष्ट्रियसभामा गौतम कि खतिवडा ?
बिहीबार, १८ भदौ २०७७, १५ : २०
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बैठक सुरु भएको हो ।
यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।
गत भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबार बोलाइएको हो ।
बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।
त्यसबाहेक बैठकमा राष्ट्रिय सभाको रिक्त एकजना मनोनित गर्ने एक सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय छलफल गर्ने नेताहरुको तयारी छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण