चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

बेइजिङ । कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् । बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो । कोरोनाभाइरसको खतरा कम देखिएको निश्कर्ष निकाल्दै अधिकारीहरुले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् ।
बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् । चीनमा आउन लागेकाहरुलाई विमान प्रवेश गर्नुअघि कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।
अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रुपमा पाँच सयको हाराहारीमा यात्रुहरु आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए । चीनको राजधानी बेइजिङमा गत मार्चको शुरुवातदेखि नै सबै अन्तर्राष्ट्रिय विमान सेवाहरु बन्द गरिएको थियो । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधवलाई भ्रष्टाचार मुद्दा लागेसँगै एमाले र एकीकृत समाजवादीका नेताबिच आरोप–प्रत्यारोप
-
श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान
-
अखिल (क्रान्तिकारी) ले गर्यो कार्य विभाजन, उपत्यका विशेषको इन्चार्जमा श्रेष्ठ
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित
-
‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारासहित मधेस सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)