बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थपिए ४० सङ्क्रमित

शुक्रबार, १९ भदौ २०७७, ०८ : ३३
शुक्रबार, १९ भदौ २०७७

गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । 

हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन् । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक/एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप