बेरुतमा बिस्फोटको एक महिनापछि भग्नावशेषभित्र ‘जीवनको संकेत’

एक महिना अघि लेबननको बेरुतमा भएको शक्तिशाली बिस्फोटको भग्नावशेषभित्र अझै पनि जीवनको संकेत भेटिएको चिलीका उद्धारकर्ताले बताएका छन् ।
उद्धारकार्यमा खटेको टोपोस चिलीका एक सदस्यले अल जजिरासँगको कुराकानीमा स्क्यानिङ मसिन प्रयोग गरेर हेर्दा बिस्फोट भएको भवनको भुइँ तल्लामा ‘पल्स’ र ‘सास फेरिरहेको’ संकेत भेटिएको जानकारी दिए ।
उनले त्यो विशेषगरी बालकको हुनसक्ने आशंका गरेका छन् ।
गत अगस्ट ४ मा भएको बिस्फोटमा १ सय ९१ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् ।
चिलीको उद्धार समूह पुनर्निर्माण चरण अघि भवनलाई सुरक्षित गर्ने मिशन स्वरुप राजधानीको सडकमा यात्रा गरिरहेका छन् । त्यति नै बेला उनीहरुको तालिम प्राप्त कुकुर एक भवनतर्फ दौडिएर त्यहाँ मानवको उपस्थितीबारे जानकारी दिएको अक्रम नेहमीले बताए । अक्रम आच्राफिह २०२० एनजिओका एक सदस्य हुन् जसले टोपोस चिलीलाई बेरुत ल्याउन सहयोग गरे ।
लिभ लभ लेबनन नामका एनजीओका एक सदस्य एड्वर्ड बिटारका अनुसार उनीहरुले सेन्सर प्रयोग गरेर भग्नावशेषबाट एक मिनेटमा १७ ब्रेथ साइकल भेटेको बताए ।
‘हामीले हाम्रो आशालाई कम नै राखेका छौं । यदि कोही भेटिए, त्यो चमत्कार नै हुनेछ,’ बिटारले भने ।
बिटारले भवनका मालिकलाई पक्राउ गरिएको बताए । उक्त भवनका मालिकले भवनमा कोही पनि नभएको बताएका थिए ।
उक्त भवनको भग्नावशेषबाट दुर्गन्ध निस्किएपछि थुप्रै मानिसहरुले सुरक्षाकर्मीलाई जानकारी दिएका थिए । यद्यपि, सुरक्षाकर्मीले उक्त भग्नावशेषमा कुनै पनि अनुसन्धान नगरेको बताइएको छ ।
बिहिबार बिहानैदेखि स्वयंसेवकहरुले उक्त भग्नावशेषबाट एउटा एउटा गरी ढुङ्गा हटाउन थालिएको छ । उक्त उद्धारकार्यमा लेबनन क्लाइम्बर्स, फायरफाइटर्स र नागरिक सुरक्षा कार्यकर्ताको सहभागिता रह्यो ।
उद्धारकर्मीले भग्नावशेषमा जीवनको संकेत पत्ता लगाउनका लागि अत्यधिक मानिसहरुको सहभागिता रहेको उक्त उद्धारकार्यको बीचबीचमा पूर्ण रुपमा मौनता कायम गर्न लगाइएको थियो ।
बेरुत बिस्फोटको एक महिनापछि बिहिबार लेबननको सैनिकले आफूहरुले बेरुत पोर्टको प्रवेशद्वारमा अमोनियम नाइट्रेटको ४.३५ टन भेटेको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय