रुपन्देहीमा लगातार कोरोना संक्रमितको मृत्यु: शुक्रबार मात्रै ३ जना थपिए
बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दैनिक बृद्धि भएको छ । दोस्रो चरणको लकडाउनपछि कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएको भएको हो । शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ जनाको मृत्यु भएको छ भने भैरहवा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको छ । योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ वर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।
चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला उनलाई ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले रातोपाटीलाई जानकारी दिए । उनी मिर्गौलाका बिरामी रहेको शाहले बताए ।
आजै बुटवलको एक निजी अस्पताल र धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतमलमा पनि एक–एक जनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ४ गते अस्पतालमा भर्ना भएकी उनलाई भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै भेन्टिलेटरको सहायतामा आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शुक्रबार बिहानै बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको पनि मृत्यु भएको थियो ।
बुटवलको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार गर्दा गर्दै मृत्यु कोरोना अस्पतलका फोकल पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । उनीसँगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने लुम्बिनी प्रदेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको रेकर्ड छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले निजी अस्पतालमा मृत्यु भएकाहरुले विवरण अझै स्वास्थ्य कार्यालयमा नपठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण