युएईका जहाजका लागि बहराइनको आकाश खुल्ला
शुक्रबार, १९ भदौ २०७७, २३ : २०
बहराइन । खाडी राष्ट्र बहराइनले संयुक्त अरब ईमिरेट्स (युएई) का सबै हवाई जहाजलाई आफ्नो हवाई मार्गबाट ओहोर दोहोर गर्न खुला गरेको छ । बहराइन समाचार समितिले नागरिक उड्डयन विभागका अधिकारीको भनाई उद्धृत गर्दै युएईको अनुरोधमा यस्तो निर्णय गरिएको जनाएको छ ।
तर यो नियम युएई र इजरायलबीच हुने सिधा उडानमा पनि लागू हुने वा नहुने भन्ने अन्यौल कायमै छ । इजरायल र युएईबीच हालै दौत्य सम्बन्ध स्थापना हुनुका साथै दुबै देशबीच सिधा हवाई सेवा शुरु भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव