युएईका जहाजका लागि बहराइनको आकाश खुल्ला
शुक्रबार, १९ भदौ २०७७, २३ : २०
बहराइन । खाडी राष्ट्र बहराइनले संयुक्त अरब ईमिरेट्स (युएई) का सबै हवाई जहाजलाई आफ्नो हवाई मार्गबाट ओहोर दोहोर गर्न खुला गरेको छ । बहराइन समाचार समितिले नागरिक उड्डयन विभागका अधिकारीको भनाई उद्धृत गर्दै युएईको अनुरोधमा यस्तो निर्णय गरिएको जनाएको छ ।
तर यो नियम युएई र इजरायलबीच हुने सिधा उडानमा पनि लागू हुने वा नहुने भन्ने अन्यौल कायमै छ । इजरायल र युएईबीच हालै दौत्य सम्बन्ध स्थापना हुनुका साथै दुबै देशबीच सिधा हवाई सेवा शुरु भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण