महामारीमा समेत रोकिएन बेचबिखन
काठमाडौँ - शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।
केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् ।
बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले जानकारी दिए ।
मानव बेचबिखनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्छन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण