ऐश्वर्याको प्रेममा पागल थिए विवेक, यसकारण भयो ‘ब्रेकअप’
एजेन्सी – बलिउडका अभिनेता विवेक ओबरोय ४४ वर्षका भए । उनले बलिउडमा सन् २००२ मा डेब्यु गरेका थिए ।
विवेक ओबरोय फिल्ममा गरेको अभिनय र फिल्मभन्दा पनि ऐश्वर्या राय र सलमान खानका कारण चर्चामा रहे ।
सलमान र ऐश्वर्याको प्रेमसम्बन्धले त निकै चर्चा पायो तर विवेकसँग ऐश्वर्याको प्रेमसम्बन्ध थियो भनेर कमैलाई मात्र थाहा छ । ऐश्वर्या र विवेकको प्रेम गहिरो थियो । उनीहरु एकअर्काप्रति प्रेममा निकै गम्भीर पनि थिए । पहिलोपटक फिल्म ‘क्यों हो गया न’ को सेटमा भेटेका थिए ।
सलमान खानसँग सम्बन्ध टुटेपछि उनले विवेकसँग अफेयर राखेकी थिइन् । ऐश्वर्याले विवेकसँगको सम्बन्धलाई गम्भीर रुपमा लिएकी थिइन् । दुवै विभिन्न कार्यक्रममा सँगसँगै देखिन्थे ।
तर, सलमान खान ऐश्वर्या र विवेकलाई कुनै न कुनै बाहानामा दु:ख दिइरहन्थे । कहिलेकाँही फिल्म सेटमा समेत पुगेर ऐश्वर्या र विवेकलाई सताउँथे । सलमानले गरेका हर्कतका कारण ऐश्वर्या र विवेकको सम्बन्धमा विस्तारै दरार आयो र बेक्रअप समेत भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण