पाकिस्तानी सेनाको गोलीबारीमा भारतीय सेनाको मृत्यु
शनिबार, २० भदौ २०७७, २३ : ०७

एजेन्सी । शनिबार उत्तरी काश्मिरमा पाकिस्तानले गरेको गोलबारी एक भारतीय सैनिक मारिएका छन् । उत्तरी काश्मिरको नौगाम सेक्टर र पुन्छ जिल्लाको कसबा सेक्टर शाहपुर किरानीमा अवस्थित नियन्त्रण रेखामा भीषण गोलीबारी भएको थियो । नौगाममा एक भारतीय सैनिक मारिएका हुन् । गोलबारीमा अन्य २ सैनिक घाइते भएका छन् । मारिने सैनिक भुपेन्द्र सिंह हुन् । घाइते हुनेमा एक लेसनायक र अर्का एक सिपाही रहेका छन् ।
भारतीय सञ्चारमाध्यामहरुका अनुसार पाकिस्तानी सेनाका १० बलोच बटालियनहरुले बिहान करिब ९ बजे शाहपुर किरानी र कसबा सेक्टरमा भारतीय सेनाको चौकीसहति आवासीय क्षेत्रमा मोर्टार प्रहार गर्न सुरु गरेका थिए । त्यसलगत्तै भारतीय सेनाले प्रतिकार गरेको थियो । भारतीय सेनाले प्रतिकार सुरु गरेलगत्तै पाकिस्तानी सैनिकले नियन्त्रण रेखा वरिपरि गोलीबारीको दायरा बढाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने
-
‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा २ जनाको मृत्यु
-
पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह
-
सहकारी ठगीको कथा समेटिएकाे चलिचत्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक
-
तीनकुने घटनाबारे आयोगको अनुसन्धान पूरा, केही दिनमै रिपोर्ट सार्वजनिक हुने