पाकिस्तानी सेनाको गोलीबारीमा भारतीय सेनाको मृत्यु
शनिबार, २० भदौ २०७७, २३ : ०७
एजेन्सी । शनिबार उत्तरी काश्मिरमा पाकिस्तानले गरेको गोलबारी एक भारतीय सैनिक मारिएका छन् । उत्तरी काश्मिरको नौगाम सेक्टर र पुन्छ जिल्लाको कसबा सेक्टर शाहपुर किरानीमा अवस्थित नियन्त्रण रेखामा भीषण गोलीबारी भएको थियो । नौगाममा एक भारतीय सैनिक मारिएका हुन् । गोलबारीमा अन्य २ सैनिक घाइते भएका छन् । मारिने सैनिक भुपेन्द्र सिंह हुन् । घाइते हुनेमा एक लेसनायक र अर्का एक सिपाही रहेका छन् ।
भारतीय सञ्चारमाध्यामहरुका अनुसार पाकिस्तानी सेनाका १० बलोच बटालियनहरुले बिहान करिब ९ बजे शाहपुर किरानी र कसबा सेक्टरमा भारतीय सेनाको चौकीसहति आवासीय क्षेत्रमा मोर्टार प्रहार गर्न सुरु गरेका थिए । त्यसलगत्तै भारतीय सेनाले प्रतिकार गरेको थियो । भारतीय सेनाले प्रतिकार सुरु गरेलगत्तै पाकिस्तानी सैनिकले नियन्त्रण रेखा वरिपरि गोलीबारीको दायरा बढाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण