महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल
सोमबार, २२ भदौ २०७७, ०७ : ११
काठमाडौँ – कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ ।
खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् ।
बजारमा प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तो मूल्यमा पाइने चामललाई ५ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर खाद्य कम्पनीले १ लाख क्विन्टल चामल खरिद गरिरहेको छ ।
कम्पनीले सोना मन्सुली, अरुवा मोटा र स्टिम जिरा मसिनो गरी १ लाख क्विन्टल चामल खरिद गरेर विराटनगर, लाहान, वीरगन्ज, काठमाडौँ, नेपालगन्ज, सुर्खेत र धनगढीमा भण्डारण गर्ने तयारी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण