कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिनेछ मोदी सरकार, कस्तो सुविधा पाउनेछिन् ?
भारतको केन्द्र सरकारले बलिउड अभिनेत्री कंगना रनौतलाई वाई लेभलको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ ।
केहि दिन अघि सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले उनी मुम्बईमा आफूललाई सुरक्षित महसुस नगरिरहेको बताएकी थिइन् ।
केन्द्र सरकारको तर्फबाट सुरक्षा प्रदान गर्ने रिपोर्ट सार्वजनिक भएपछि कंगनाले ट्वीटरमा देशका गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन् ।
कंगनाले भनिन्, ‘यो प्रमाण हो कि अब कुनै देशभक्त आवाजलाई कुनै फासीवादीले कुल्चन सक्दैन । म अमित शाहजी प्रति आभारी छु । उनले चाहेको भए मलाई केही दिन पछि मुम्बई आउने सल्लाह दिन्थे तर उनले भारतकी एक छोरीको वचनको मान राखे, हाम्रो स्वाभिमान र आत्मसम्मानको लाज राखे, जय हिंद ।’
कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिनेछ मोदी सरकार, कस्तो सुविधा पाउनेछिन् ?
केन्द्र सरकारको यो निर्णय शिवसेना सांसद संजय राउत र कंगनाबीच चलिरहेको तिक्ततायुक्त बयानबाजीबीच आएको हो ।
के हो वाई श्रेणीको सुरक्षा ?
भारतमा नेता वा ठूला व्यक्तित्वलाई साधारणतया जेड प्लस, जेड, वाई र एक्स श्रेणीको सुरक्षा प्रदान गरिन्छ । यसमा केन्द्रीय मन्त्री, मुख्यमन्त्री, सर्वोच्च अदालतका न्यायाधीस, चर्चित नेता र वरिष्ठ अधिकारी समावेश हुन्छन् ।
जेड श्रेणीको सुरक्षामा सुरक्षाकर्मीको संख्या २२ हुन्छ । यो श्रेणीमा आइटीबीपी (इन्डो–तिब्बती बोर्डर पुलिस) र सिआरपीएफ (केन्द्र रिजर्व पुलिस बल) का जवान र आधिकारी सुरक्षामा लागेका हुन्छ । यो श्रेणीको सुरक्षामा एस्कोर्टस् र पाइलट वाहन पनि दिइन्छ ।
जबकी वाई श्रेणीमा ११ जना सुरक्षाकर्मी हुन्छन् । यसमा दुई पर्सनल सिक्योरिटी अफिसर्स (पिएसओ) समावेश हुन्छन् ।
एक्स श्रेणीमा २ सुरक्षाकर्मी तैनाथ हुन्छन् जसमा एक पिएसओ समावेश हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण