महामारीमा नेपाली सेनाः २४ घण्टामा २२५ वेडको आइसोलेसन तयार (फोटोफिचर)
भक्तपुर । नेपाली सेनाले भक्तपुरमा २४ घण्टामा २२५ वेड क्षमताको आइसोलेशन वार्ड तयार गरेको छ । उपत्यकामा कोरोना संक्रमित बढेपछि संक्रिमित भएका सेना र आश्रित परिवारलाई राख्न सेनाले उक्त तयारी गरेको हो । सेनाले सैनिक आवासीय महाविद्याय सल्लाघारी र सूर्यविनायकस्थित वीरदल गणमा २४ घण्टामा आइसोलेसन वार्ड तयार पारेको हो ।
सैनिक आवासीय महाविद्यालय सल्लाघारीमा १५० वेड र सूर्यविनायकस्थित वीरदल गणमा ७५ वेड क्षमताको आइसोलेसन गरेर २२५ वार्ड तयार परिएको वीरदल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिएका छन् । आइसोलेसन व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतना अन्तर्गतको श्री वीरदल गणले गर्नेछ । फोहोर व्यवस्थान,खानपिन, सुरक्षालगायतमा सेना परिचालित हुनेछ ।

सैनिक आवासीय महाविद्यालय र सूर्यविनायकस्थित वीरदल गणमा रहेको आइसोलेसनमा डाक्टरसहित ५/५ जनाको स्वास्थ्य टोली रहने छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण उपत्यकामा बढेपछि संक्रमित भएका सेना र आश्रित परिवारलाई राख्न उक्त तयारी गरेको हो ।
उपत्यकामा हाल आइसोलेसन वेडको अभाव देखिन थालेकाले संक्रमित सेना र परिवारलाई अन्यत्र व्यवस्थापन गर्न सके ती स्थानमा सर्वसाधारणलाई राख्न सकिने भएकोले आइसोलेसन तयार पारिएको सेनाले जानकारी दिएको छ । तत्काललाई सेना र परिवारलाई राखिने भएपनि भविष्यमा भने सर्वसाधारणलाई समेत राखिने गणपति प्रमुख सेनानी पौडेल बताए ।सूर्यविनायकस्थित सेनाको आइसोलेनस वार्डमा अहिले ७५ जना संक्रमितलाई राखिएको समेत जानकारी सेनाले दिएको छ ।










हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण