तनहुँमा जिप खोलामा खस्यो, २ जनाको मृत्यु
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जीपमा सवार अन्य ६ जना घाइतेमध्ये ४ जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
व्यासनगरपालिका–५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण