सप्तरीमा चोरी गरेको आरोपमा ४ जना पक्राउ
सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारको गणेश स्टोरबाट नगदसहित साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न ४ जनालाई रु चार लाख मूल्य बराबरको नगद र सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल सहनी, सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहम्मद राइन रहेका छन् । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत आज उनीहरुलाई सार्वजनिक गरेको हो ।
गणेश स्टोर पसलभित्र प्रवेश गरी चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन उनका साथी राइनले सहयोग गरेका थिए । सनियाकी दिदी ज्योतिले चोरीका सामान र रकम केही आफ्नो डेरामा र केही राजविराज–२ स्थित आफ्नो मदिरा पसलमा लुकाएर राखेकी थिइन् । उनकै पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएका थिए ।
सोमबार बिहान सनियाले गणेश स्टोर अगाडि रहेको सोलारको पोलबाट घरमाथि चढेर भुई तल्लामा रहेको पसलमा प्रवेश गरी रु चार लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेका थिए । चोरीको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तत्कालै अनुसन्धान तीव्र बनाएकाले छिट्टै सफलता हात लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।
प्रहरीले आरोपितलाई पक्राउ गरेसँगै उनीहरुको घर र पसलबाट ५० हजारको रिचार्ज कार्ड र रु तीन लाख ६० हजार नगदसमेत बरामद गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण