सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नरसँग सीईओहरुको एक घण्टा,भने- तरलता धैरै भएर कोभिडसँग लड्न सकिएको छ

मङ्गलबार, २३ भदौ २०७७, १६ : ५३
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं । पछिल्लो समय बैंकहरुमा अधिक तरलता भएपछि बैंकहरुलाई कहाँ लगानी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । बैंकमा पैसा थुप्रिएपछि कर्जा लगानी बिस्तार नहुँदा तनावमा रहेका बैंकरलाई गभर्नर महाप्रसाद अधिकारीले सान्त्वना दिएका छन् । 

गभर्नरसँगको जुम मिटिङमा क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाका प्रायजसो सिइओ सहभागी भए । मिटिङमा सबैभन्दा पहिला वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधार बोलेका थिए । उनले अन्य क्षेत्रजस्तै अब बैंक तथा वित्तिय क्षेत्रमा पनि समस्या देखिनसक्छ, यसका लागि केही सहजताका विषयमा सोच्नुपर्ने अवस्था आउने विषयलाई उठान गरे ।

यसमा गभर्नरले फेरि एकपटक सबैसँग जुम मिटिङ बसेर छलफल गरिने बताए । तर अधिकांशले तरलताको विषय उठान गरेपछि उनले बैंकरहरुलाई नआतिन समेत भने । तरलता राम्रो भएकै कारण कोभिडसँग फाइट गर्न सहज भएको बताए । 

सबैले कोभिड उत्पन्न गराएको समस्याकै बारेमा औंल्याएका थिए । कर्जा लगानी ठप्प हुँदा समस्यामा परेको सिइओहरुले सुनाउँदा गभर्नरले ऋण प्रवाह गर्दा ध्यान दिन सुझाए । तरलता बैंकमा थुप्रिएको विषयमा सीईओहरु यसमा के गर्ने भन्ने विषय उठाएका थिए । तरलता हुनु राम्रो भएको भन्दै बैंकहरुलाई धेरै तरलता भयो भनेर नआत्तिन भने । 

 डेभलपमेन्ट बैंक एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले गभर्नरले गलत तरिकाबाट ऋण प्रवाह नगर्न र तरलताबाट नआत्तिन भनेको उल्लेख गरे ।  बैंक तथा वित्तिय संस्थाको छाता संगठनका तीनै जना अध्यक्षले समग्र बैंक तथा वित्तिय क्षेत्रको विषयमा आफ्ना कुराहरु राखेका थिए । राष्ट्र बैंकले उनीहरुकै हितका लागि एकिकृत निर्देशिका आजै जारी गर्ने आश्वसन दिएको थियो । राष्ट्र बैंकले निर्देशिका केहि समय अघि सार्वजनिक गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप