शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य मापदण्ड पालना गर्न व्यबसायीलाई आग्रह

मङ्गलबार, २३ भदौ २०७७, १८ : १९
मङ्गलबार, २३ भदौ २०७७

बुटवल । बुटवल उद्योग बाणिज्य संघले व्यबसायीहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक उज्ज्वल कसजुकाअनुसार अनुगमनका क्रममा ९५ प्रतिशत व्यवसायीले मापदण्ड पुरा गरेको पाइएको छ ।

अनुगमन इलाका प्रहरी कार्यालय बुटवल र बुटवल उद्योग बाणिज्य संघले गरेको अनुगमनमा स्वास्थ्य मापदण्ड पालना नगरेका व्यबसायीलाई मापदण्ड पालना गर्न आग्रह गरिएको संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बताए । 

टोलीले बुटवलको अमरपथ, राममन्दिर लाईन,ट्राफिकचोक, जेसीजचोक हाटबजार, संगमपथ लगायतका स्थानमा अनुगमन गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गर्नु व्यवसायीकै हितमा हुने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए । 

बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ र सैनामैना उद्योग बाणिज्य संघले करिव ६ महिनादेखिको लकडाउनका कारण उद्योग व्यबसाय ठप्प हुँदा व्यबसाय धाराशायी हुनुका साथै मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले स्वास्थ्य मापदण्ड पालना गरि व्यापार व्यबसाय सञ्चालन गर्नेगरी लकडाउनलाई खुकुलो बनाउन प्रशासन तथा रुपन्देहीमा जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका थिए । अहिले बुटवलमा समय तोकेर व्यापार व्यावसाय गर्न प्रशासनले निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप