शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउन छलफल, भोलि निर्णय हुँदै

मङ्गलबार, २३ भदौ २०७७, १९ : ३३
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा तीन सातादेखी जारी निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन् । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ ।

व्यवसायी र पेशाकर्मीहरुले निषेधाज्ञा थप खुकुलो बनाउन सुझाएका छन् । भदौ ४ मा जारी निषेधाज्ञा तेस्रोपटक केही खुकुलो बनाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले थप कडाई गर्नुपर्ने सुझाव दिएपनि ‘परिस्थिति काबु बाहिर जाने’ भन्दै स्थानीय प्रशासनले थप खुकुलो बनाउने तयारी गरेको छ ।

‘अब दुईचार दिनमा खाना बाँड्ने मान्छेको लस्कर लाग्न थाल्छ’ डिसिसीएमीको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने– ‘खाना बाँडेर फोटो खिचाउने संस्कारले संक्रमण झन् बढ्छ, त्यसैले जनजिविका सहज बनाउनका लागी खुकुलो बनाउनेतर्फ छलफल केन्द्रित छ ।’

श्रमजिवी भोकै बस्नुपर्ने अवस्था आउन थालेको विश्लेषणसहित स्थानीय प्रशासनले थप खुकुलो बनाएर त्यसबारे बुधवार निर्णय गर्ने भएका छन् । मजदूरलाई दुईछाक खान समस्या भएको  र अर्थतन्त्र डामाडोल भएका समस्यामा सरकार जानकार रहेको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने– ‘भोली अन्तिम निर्णय गर्छौ ।’

यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने इस्युमा पनि छलफल भइरहेको प्रजिअ दाहालले बताए । ‘कसैले निषेधाज्ञा अझै कडा बनाउन पनि सुझाव दिएका छन्’ प्रजिअ दाहालले भने– ‘सवै विकल्पमा छलफल भइरहेको छ ।’
कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा सहभागी एक अधिकृतका अनुसार रोजगार क्षेत्रलाई विधि बनाएर खुलाउने तयारी  छ ।

पसलको क्याटागोरी छुट्याएर बार तोकेर खुलाउने र होटल रेष्टुरेण्टमा ‘टेक अवे’ सेवालाई नै निरन्तरता दिने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप