शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नर्ससहित ५ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको एनआइसीयू सेवा बन्द

मङ्गलबार, २३ भदौ २०७७, १९ : ५०
मङ्गलबार, २३ भदौ २०७७

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसीयूमा कार्यरत नर्ससहित ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा आज साँझदेखि बन्द गरिएको अस्पताल जनाएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जानकारी दिएको हो । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार त्यसरी संक्रमित हुनेहरुमा नर्सिङ स्टाफ र सहयोगीहरु हुन् ।

अस्पतालले एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको छ । डा.गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा अहिलेसम्म २० जना कर्मचारीमा कोरोना संक्रमण देखिइसकेको बताए । प्रदेशिक अस्पतालको एनआइसियूमा ८ बेड रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप