दुई महिला मृतावस्थामा फेला
बुधबार, २४ भदौ २०७७, १२ : ३८
बुटवल । प्रदेश ५ मा छुटाछुटै घटनामा दुई महिलाको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गुल्मी र रोल्पामा महिलाको शव फेला परेको हो ।
गुल्मीको चन्द्रकोट गाउँपालिका बडिगाड खोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको किनारमा नामथर नखुलेकी अन्दाजी ३० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै रोल्पामा पनि एक महिला मृताअवस्था फेला परेकी छन् ।
रोल्पा जिल्लाको रोल्पा न.पा.१० धाङसी खोलाको बिचमा स्थानीय बर्ष ५९ की मनकला बिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेकी उनी मृत फेला परेकी हुन् । यो घटनाबारे पनि अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण