रुपन्देहीको तिलोत्तमामा औद्योगिक ग्राम शिलान्यास
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको आज शिलान्यास गरिएको छ । वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
संघीय सरकारले ल्याएको एक पालिका एक औद्योगिक ग्रामको नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको लागि रोहिणी नदी उकासको झण्डै १९ बिगाहा क्षेत्रफलमा तिलोत्तमा नगरपालिकाले काम अघि बढाएको हो । औद्योगिक ग्रामको डिपिआर तयार भैसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
पहिलो चरणको निर्माण कार्यको लागि २ करोड ५२ लाख बजेट रहेकोमा १ करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन् । डिपिआर अनुसार रोहिणी नदी ड्राइभर्सनको काम समेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन ५२ करोड लागत अनुमान गरिएको छ ।
औद्योगिक ग्राममा अत्यन्त कम प्रदुषण गर्ने कम्तिमा ५३ वटा साना तथा घरेलु उद्योगहरु स्थापना हुनेछन् ।
वडाध्यक्ष व्यासमुन थारुले सार्वजनिक जमिन संरक्षणमा योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गराउन स्थानीयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण