गुप्तासहित १३ जनाविरुद्ध १६ करोडभन्दा बढी बिगो दाबीसहित आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जना उपर १६ करोडभन्दा बढी आर्थिक हिनामिना गरेको मन्दै सो बिगो दाबीसहित आरोपपत्र दायर गरेको छ । आयोगले बिहीबार उनीहरुमाथि १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ ८६ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आरोपपत्र काशीप्रसादकी श्रीमती मिना गुप्तासहित १३ जनाविरुद्ध दायर गरिएको अख्तियारले जनाएको छ ।
साथै आरोपी गुप्ताले आफन्तहरुको नाममा खाता खोली रु १० करोड ४४ लाख, ४३ हजार, ७ सय ८३ रुपैयाँ ९८ पैसा रकम लुकाई छिपाई राखेको देखिँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ४७ एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख.बमोजिम निजहरुलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कार्य गर्ने मागदावी लिइएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण