नियमित उडानको दैनिक ८ सयको कोटा हट्यो, कम्पनीले चाहे अब थप उडान भर्न सक्ने
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानको नियमित उडानमा लगाइएको दैनिक ८ सयको कोटा हटेको छ । बिहीबार राजधानीमा बसेको उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलसहित, परराष्ट्रमन्त्री, पर्यटनमन्त्री तथा श्रम तथा रोजगार मन्त्री समेतको छलफलले आवश्यकताका आधारमा हवाई कम्पनीहरुले थप उडान भर्न सक्ने निर्णय गरेको हो ।
उक्त निर्णय सम्माननीय प्रधानमन्त्री केपी शर्माओलीसँगको समेत परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई जानकारी दिएका छन् । योसँगै अब उड्न कम्पनीहरुले आवश्यक क्षेत्रमा थप उडान अनुमति माग गर्न सक्ने र स्वीकृति पाउने भएका छन् । तर यसअघि दैनिक ८ सय जना मात्र ल्याउन पाउने गरि सरकारले हप्तामा २९ वटा फ्लाइट मात्र खुल्ला गरेको थियो ।
दैनिक कोटा प्रणाली हटेपछि अब सरदर दैनिक २५ सयदेखि ३ हजार जनासम्म यात्रु नेपाल आउने सरकारको अनुमान छ । तर सीसीएमसीको निर्णयअनुसार हवाई कम्पनीहरुले पीसीआर नेगेटिभ भएका यात्रुहरु मात्र ल्याउन पाउने छन् ।
हालको पीसीआर र क्वारिन्टिन सम्बन्धी नियमलाई यथावत राखेर सरकारले फ्लाइट र यात्रुको कोटा मात्र पुनर्विचार गरेको हो । यद्यपि कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने समेत सरकारले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण