शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

कोरोनाबाट कपिलवस्तुका एक युवाको मृ्त्यु

बिहीबार, २५ भदौ २०७७, १७ : १३
बिहीबार, २५ भदौ २०७७

बुटवल । कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ ।

बिरामी परे पछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टि भएको जनाइएकाे छ । उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
मृतकले कपिलवस्तुमा नै लेबर काम गर्ने  गरेकाे स्थानीयले वताएका छन् । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ । यसैबीच जिल्लामा भदाै ३२ सम्म लकडाउन प्रशासनले जारी रहेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप