बाँकेमा ७२ श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन
नेपालगञ्ज । यहास्थित भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच प्रदेश नं। ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरे । त्यस अवसरमा प्रदेशसभा सदस्य आइपी खरेल र विजय यादवको पनि उपस्थिति थियो ।
त्यस अवसरमा मन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबैको सहयोग खोजेको उल्लेख गर्दै यो महामारीसँग लड्न हरसम्भव प्रयास गरिने बताए । सो कोरोना विशेष अस्पतालमा आठ आइसियुसहित ७२ श्यया रहेको छ । निकट भविष्यमै अस्पताललाई १०० श्ययाको बनाइने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
यसअघि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा श्यया अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको थियो । सोही निर्णयानुसार प्रदेश सरकार र यहाँका सङ्घ–सस्थालगायतको सहयोगमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ । खजुरास्थित क्यान्सर अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि विकास केन्द्र पिपरीलाई आइसोलेशन सेन्टर बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण