शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा नदीमा डुबेर एक जनाको मृत्यु

बिहीबार, २५ भदौ २०७७, १९ : १६
बिहीबार, २५ भदौ २०७७

बुटवल । तिनाउ नदीमा डुबेर रुपन्देहीमा आज दिउँसो एक जनाको मृत्यु भएको छ । 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ भर्तापुर बस्ने ईदसिश अन्सारीको १५ वर्षको छोरा ईरफान अन्सारीको तिनाउ नदिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जनाएको छ ।

पानीमा डुबेका उनलाई उद्दार गरी उपचारका लागि मणिग्राममा रहेको क्रिमसन अस्ताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप