आईएमईबाट पैसा निकालेर पसलमा सामान किनिरहेको बेला लुटपाट
रोल्पा । प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नगद लुटपाट गरी फरार शिवे रोका क्षेत्री पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर खड्काले रकम लुटपाटमा संलग्न लुंग्री गाउँपालिका–५ बुझिङका अन्दाजी १८ वर्षीय क्षेत्रीलाई पक्राउ गरिएको जानकारी दिए ।
बिहीबार दिउँसो १ बजेको समयमा रोल्पा लुंग्री गाउँपालिका– २ सिर्पकी ४० वर्षीया तिरमा पुनको एक लाख १८ हजार रुपैयाँ लुटपाट भएको थियो ।
उनका श्रीमान दुर्गाबहादुर पुनले साउदीबाट पठाएको एक लाख १८ हजार रुपैयाँ सुनिलस्मृति गाउँपालिका–३ रोहिनिवाङस्थित एक आईएमईबाट पैसा झिकि ब्यागमा राखेर पसलतिर गई सामान किनिराखेको अवस्था पारेर पैसा लुटी फरार भएका पुन पक्राउ परेका हुन् ।
पैसा लुटिएको खबरलगत्तै तत्काल घटनास्थलबाट प्रहरी परिचालित गरिएको इन्सपेक्टर खड्काको भनाइ छ । आईएमईमा रहेको सीसीटिभी फुटेजको आधारमा पुनलाई प्रहरीले पक्राउ गर्न सफल भएको इन्सपेक्टर खड्काले बताए ।
पक्राउ परेका क्षेत्रीको साथबाट नगद एक लाख १६ हजार ६५० रुपैयाँ बरामद भएको छ । पुनले यस्तै १ हजार ३५० खर्च गरिसकेका थिए ।
प्रहरीले लुटपाटका विषयमा थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । चार घण्टामै (५ बजेको समयमा) रकम लुटपाटमा संलग्न अभियुक्तलाई प्रहरीले समात्न सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण