गुल्मीमा पहिलो पटक जातीय विभेद गर्नेलाई जेल सजाय
जतीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो ।
काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला उनको घरमा ओत लाग्न पुगेका स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको आरोप लगाउदै पञ्चायती शैलीमा गाउँमै कारवाही गरिएको थियोे । मगरले आफ्ना दाजुभाइको हुल्जथ्था जुटाइ बलपूर्वक परियारलाई लछारपछार गर्दै बाहुन बोलाएर घर चोख्याउनका लागि भन्दै १५ सय जरिवाना तर्न लगाएका थिए ।
घटनाबारे रातोपाटीमा समाचार प्रकाशित भए लगतै स्थानीयदेखि केन्द्रसम्मका दलित अधिकारकर्मीहरु न्यायको पक्षमा एकजुट भएका थिए । उनीहरुले पीडकविरुद्ध नेपालीलाई अदालतमा जतीय विभेद तथा छुवाछुतको मुद्दा हाल्न लगाएका थिए । सोही अनुरुप चलिरहेको बहसका क्रममा प्रहरी हिरासतमा रहेका काउछालाई ६० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । यसबारे फैसला गर्दै न्यायाधीश उप्रेतीले मगरलाई ३ महिना कैद सजाय, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका मेलमिलापकर्ता गणेश विश्वकर्माले जानकारी दिए ।
जिल्लाका अगुवा दलित अधिकारकर्मीसमेत रहेका विश्वकर्माले जिल्लामा जातीय विभेद विरुद्धको मुद्दामा जेल सजायको फैसला सुनाइएको यो पहिलो घटना भएको बताए । काउछाले आगामी ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने छन् । त्यस अवधि नाघे लगतै उनलाई पक्रेर जेल चलान गरिने अदालतले जनाएको छ ।
३ वर्षअघि मुसिककोट नगरपालिका–४ बडागाउ हलोगाडेका कर्णबहादुर नेपालीलाई घरको भाडा छोएको आरोप लगाउँदै स्थानीय राजु कार्की र उनकी आमाले मरणासन्न हुने गरी कुटेका थिए । उनीहरु विरुद्ध मुद्दा परे पनि जनही २५ हजारका दरले धरौटीमा छाडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण