शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु

शुक्रबार, २६ भदौ २०७७, १२ : ४२
शुक्रबार, २६ भदौ २०७७

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा  थप एक जना संक्रमितको मृत्यु भएको छ ।

 नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउंपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ । 

भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप