पूर्वसभामुख महराद्वारा थारु सङ्ग्रहालयको अवलोकन
पूर्वसभामुख कृष्णबहादुर महराले दाङ दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयको अवलोकन गरेका छन् । थारुको पहिचान तथा सँस्कृति झल्किने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालयको उनले आज अवलोकन गरे ।
सङ्ग्रहालयमा थारु समुदायको इतिहास, उत्पति, भेषभुषा, कला संस्कृति, रहनसहन, खानपान, चाडपर्व, दंगीशरण राजाको सालिकलगायतका सामग्री राखिएको छ । यसले थारु समुदायको पहिचानलाई जोगाइ राख्न मद्दत गर्ने पूर्वसभामुख महराले बताए ।
थारुका राजा दंगीशरणले राज गरेको जिल्लामा यसरी व्यवस्थित तरिकाले संग्रहालय निर्माण गरी सञ्चालन गर्नुले पर्यटन क्षेत्रको समेत विकास हुने उनको भनाइ थियो । दाङ थारु समुदायका लागि ऐतिहासिक ठाउँ भएको र यही जिल्लामा थारु संग्रहालय निर्माण हुनुले जिल्लाको पर्यटनले फड्को मार्ने उनले बताए ।
त्यस अवसरमा महतवा महासंघका केन्द्रिय अध्यक्ष तथा प्रदेश नं। ५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले सङग्रहालय हेर्न दैनिक पाँच सयदेखि एक हजार मान्छेसम्म आउने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण