रोल्पामा पहिरोले पुरेर २ बालकको मृत्यु, आमा र हजुरआमा घाइते
शनिबार, २७ भदौ २०७७, ०९ : २३
रोल्पा । गएराति रोल्पाको लुङ्गी गाउँपालिका– १ ऐते गाउँमा पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।
ऐते गाउँका ज्ञानसिङ्ग घर्तीको गोठ माथिबाट आएको पहिरोले पुरिँदा गोठमा सुतिरहेका उनका ११ वर्षीय छोरा युवराज र ८ वर्षीय अर्का छोरा अमर घर्तीको ज्यान गएको हो ।
घटनाको पुष्टि गर्दै रोल्पाका प्रहरी प्रहरी प्रवक्ता तथा इन्सपेक्टर शंकर खड्काले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले पहिरोले पुरिएका दुई बालकको शव निकालेको जानकारी दिए ।
बालकहरुसँग गोठकै सुतेका अन्य २ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए । इन्सपेक्टर खड्काका अनुसार बालकका आमा र हजुरआमाको उद्दार गरिएको हो ।
उनीहरु सामान्य घाइत रहेको र स्थानीय प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण