कंगनाको पुरानो भिडियो भाइरलः भनेकी थिइन्, ‘घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार थिएँ, ड्रग एडिक्ट थिएँ’
नायिका कंगना रनौत एकपछि अर्को गर्दै विवादले घेरिँदै गएकी छिन् । अब ट्वीटरमा उनको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले आफूलाई लागुऔषधको दुर्व्यवसनमा फसेको बताएकी छिन् । यो भिडियो कंगना आफैंले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
के छ भिडियोमा ?
सोसल मिडियामा भाइरल भिडियोमा कंगनाले भनेकी छिन्, ‘म घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार बनेकी थिएँ, एक ड्रग एडिक्ट बनेकी थिएँ । मेरो जीवनमा धेरै कुरा चलिरहेका थिए । म यस्ता मानिसहरुको हातमा परेकी थिएँ जहाँ यस्ता प्रकारका खतरनाक कुरा मेरो जीवनमा चलिरहेको थियो ।’
एक प्रयोगकर्ताले भिडियो सेयर गरेः
“Main drug addict thi” pic.twitter.com/0m7GeVyde3
— Shivam Vij (@DilliDurAst) September 12, 2020
बलिउडमाथि लगाएकी थिइन् आरोपः
कंगनाको भिडियो यस्तो समय भाइरल भइरहेको छ जब उनले बलिउडमा भारी मात्रामा ड्रगको उपयोगको विषयमा आरोप लगाएकी थिइन् । केहि दिन अघि मात्रै कंगनाले ९९ प्रतिशत फिल्म इन्डष्ट्रि कोकिनको आडमा चलेको आरोेप लगाएकी थिइन् । नायिकाले रणवीर सिंह, रणबीर कपुर, विक्की कौशलजस्ता ठूला कलाकार र फिल्म निर्माता आयान मुखर्जीले आफ्नो रगत परीक्षण गर्नुपर्ने बताएका थिइन् ।
कंगनाले भनेकी थिइन्, ‘लागुऔषध कारोबारीसँग कुनै सम्बन्ध भए मुम्बई छोडिदिन्छु’
केहि दिन अघि कंगनाले ट्वीटरमा मुम्बई प्रहरीले उनको रगत परीक्षण गराओस् भनेकी थिइन् । यसो भए, उनी निकै खुसी हुने उनले बताएकी थिइन् । उनको कल रेकर्डको अनुसन्धान गरियोस् भनेर पनि इच्छा जताएकी थिइन् । यसमा उनले भनेकी थिइन्, ‘यदि मेरो लागुऔषध कारोबारीसँग कुनै सम्बन्ध निस्किए र यदि म गलत प्रमाणित हुन्छु भने म सधैंका लागि मुम्बई छोड्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण