बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता
आइतबार, २८ भदौ २०७७, ०८ : ५९
बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए।
बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए । साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध आक्रामक कांग्रेस : सदन–सडकमै घेर्ने चेतावनी
-
मधेस सरकारबाट बाहिरिने सवालमा माओवादीको ‘यू–टर्न’
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
कांग्रेस र गगन थापालाई रवि लामिछानेको खुला चुनौती
-
भारतको हित हुने गरी अग्निपथ नीतिमा परिवर्तन गर्न सकिन्छ : एस. जयशंकर
-
संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा पनि आउँछ : गगन थापा