शिक्षण अस्पतालमा कोरोनाबाट ७६ वर्षीया महिलाको निधन
आइतबार, २८ भदौ २०७७, १४ : ३९

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जानकारी गराएको छ ।
ती महिलामा मुटुसम्बन्धी समस्या रहेको थियो । भदौ २० गते अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई काठमाडौँ लगिएको जनाइएको छ । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया
-
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
-
बारामा २२ किलो गाँजासहित एक जना पक्राउ