कोरोनाभाइरसः इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा
कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ ।
इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन हप्तासम्म चल्नेछ ।
प्रधानमन्त्री बिन्यामिन तेनन्याहूले यो कदमको आफूहरुले भारी मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलमा अब दैनिक चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् ।
लकडाउन यस्तो समयम लगाइँदै छ जब यहूदीको महत्वपूर्ण चाड आउँदै गरेको छ । यो लकडाउनको विरोधमा एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने धम्की दिएका छन् ।
जोन्स होपकिन्स विश्वविद्यालयको आँकडा अनुसार करिब ९० लाखको जनसंख्या भएको इजराइलमा कोभिड–१९ का कारण ११ सय ८ को मृत्यु भइसकेको छ र १ लाख ५३ हजारभन्दा बढी संक्रमित पहिचान भइसकेको छ । पछिल्लो हप्तामा संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको छ ।
नयाँ प्रतिबन्ध कस्तो हुनेछ ?
आइतबार एक टिभी सम्बोधनमा प्रधानमन्त्रीले दैनिक चार हजार संक्रमित भेटिएको बताएका छन् ।
दोस्रो लकडाउन इजराइलका लागि महँगो साबित हुने अनुमान गरिएको छ । यसअघि मार्चको अन्त्यदेखि मेको सुरुवातसम्म पहिलो लकडाउन लगाइएको थियो ।
नयाँ प्रतिबन्ध अनुरुपः
- १० भन्दा बढी व्यक्ति कोठाभित्र भेला हुन नपाउने र बाहिर २० भन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन् ।
- स्कूल र सपिङ सेन्टर बन्द गरिनेछन् । मानिसहरु आफ्नो घर भित्र ५ सय मिटरको दुरीमा बस्नुपर्नेछ । काममा जानेहरुका लागि विशेष छुट दिइनेछ ।
- गैर सरकारी कार्यालय र व्यवसाय खुल्ला गर्न सकिन्छ तर ग्राहक भने जान पाउने छैनन् ।
- यद्यपि, सुपरमार्केट र औषधीका पसल खुल्ला रहनेछ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण