बन्दुकसहित दुई जेष्ठ नागरिक पक्राउ
बन्दुकसहित प्रहरीले दुई जेष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले चार थान वटा बन्दुकसहित पक्राउ गरेको हो ।
अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले ठकुरी र हमालको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आइतबार हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ