मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध
पर्वत । शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारामा अवरुद्ध भएको हो ।
आइतबार पनि पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो । आज सहस्रधारामा सडकमाथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ । यातायात अवरुद्ध भएपछि आज बिहानैदेखि सवारी र यात्रु सडकमा नै अलपत्र परेका छन् ।
पहिरो खसिरहेका कारण सर्वसाधारण हिँडेरसमेत वारपार गर्न पाएका छैनन् । सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरण प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेकाले तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताए ।
चुवा, दोविल्लालगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उनले जानकारी दिए । कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण