युरिया मल आपूर्ति नगर्ने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले टेण्डरमा गरेको सम्झौता अनुुसार मल नल्याएका दुई कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गरेको छ । कृषि सामाग्री कम्पनी लिले सोमवार कानुनी परामर्श गरी सम्झौताअनुसार युरिया मल आपूर्ति गर्न नसकेका दुई ठेकदार कम्पनी शारदाप्रसाद अधिकारीको शैलिङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।
कृषि सामाग्री कम्पनी लिसँग २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका यी दुई कम्पनीका यसअघि नै सबै सम्झौता रद्द गरिएको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भदौं २१ गते नै प्रचलित कानुन एवं सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम आपूर्तिकर्ताहरुसँग क्षतिपूर्तिको दावी गर्नुको साथै सम्बन्धित दुवै कम्पनीहरुलाई कालोसूचीमा राख्न आवश्यक प्रकृया अगाडि बढाउने जानकारी गराएको थियो ।
कृषि सामाग्री कम्पनी लि.ले निकालेको टेण्डर कबोल गरेका यी दुई कम्पनीसँग पटक–पटक मौखिक तथा लिखित रुपमा जानकारी लिएको तर जहिले आलटाल गरेपछि कृषि समाग्री कम्पनी कारवाहीमा गएको हो ।
गत पुस–माघमा टेण्डर हात पारेर कम्पनीहरुले भदौं २० गतेभित्र मल आपूर्ति गरिदिने सम्झौता गरेको थियो । तर सो अवधिसम्म मल ल्याएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण