नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन गर्न दिनभर लाग्ने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।
डिभिजन सडक कार्यालय चितवनका ई शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ । थप पहिरो नखसेमा दिउँसोसम्ममा एकतर्फी सञ्चालन गर्न सकिने भए पनि पूरै सडक सफा गर्न साँझसम्म लाग्ने उनले जानकारी दिए । ती चार ठाउँमध्ये चार किलो र घुमाउनेमा पहिरो पन्छाउने काम भइरहेको छ ।
खनालले भने, “ती दुई ठाउँमा एकतर्फी भएसँगै उपकरण लगेर बिचका दुई पहिरो पन्छाउँछौँ ।” एकतर्फी सञ्चालन गरेर त्यहाँ अड्किएका सवारी साधन पार गराएपछि दुईतर्फी खुलाइने छ । सोमबार राति शुरुमा १०ः३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
साना पहिरा ठाउँठाउँमा भएकाले सङ्ख्या यकिन गर्न नसकिए पनि ती पहिरो पन्छाउन समय नलाग्ने उनको भनाइ छ । यसैबीच पाँचकिलोमा माथिबाट झरेको लेदोले सडक भरिएर छेउमा रहेका तीन घरमा लेदो पसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङका अनुसार सडकमा रहेको एउटा बोलेरो लेदोले भरिएको छ । लेदोले अन्य दुई घरको जग खोतलेको तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण