शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

मङ्गलबार, ३० भदौ २०७७, १३ : २९
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किन लागेका जाबेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

दुई देशबीचका संसदको सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उनले बताए । राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका व्यक्तित्वसँग पनि विदाई भेट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप