सभामुख र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किन लागेका जाबेदले सभामुखको कार्यकक्षमै गएर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
दुई देशबीचका संसदको सहकार्य बढाउँदै संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने उनले बताए । राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा बादल, राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका व्यक्तित्वसँग पनि विदाई भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण