नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्न बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले रातोपाटीलाई जानकारी दिए । गत चैत अगाडि लिखितको नतिजा निस्किएका जवानहरुको अन्तरवार्ता लिन बाँकी रहेको उनले बताए ।
उनले भने– ‘लकडाउन जारी भएपछि परीक्षामा उर्तिण जवानहरुको अन्तरवार्ता लिने काम रोकिएको छ । इन्सपेक्टरको परीक्षाका लागि पनि फर्म भरेका छन् । उनीहरुको पनि कसैको जाँच भयो कसैको बाँकी छ । इन्सपेक्टरको परीक्षा सुरु मात्र गरेको थियो, लकडाउन भइहाल्यो । सिपाहीको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिन बाँकी थियो ।’
प्रहरीमा वार्षिक रुपमा नियमित खोल्नुपर्ने भर्नाको कार्यक्रम पनि बाँकी रहेको छ । प्रत्येक बर्ष कोटाका आधारमा सिपाई, असई, इन्सपेक्टरको भर्ना खोल्न बाँकी रहेको प्रवक्ता कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण