संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने
एजेन्सी । संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।
संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो । महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो । यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ । उक्त महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले सो कुराको जानकारी दिएका हुन् । बर्माले भनेका छन्, ‘बिहीबारसम्ममा १७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’
उनले यसरी सम्बोधन गर्नेहरुमा विश्वका राज्य प्रमुखहरुमा ११९ जना रहेका छन् । उनीहरुसमेत १७३ वटा देशका नेताहरुले सो महासभामा सम्बोधनका लागि दर्ता गराएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन् । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउने छन् र आ आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिने छ ।
पहिलेका वर्षहरुमा करिब १०० वटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोेले सो संख्या धेरै हुन पुगेको बताइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण