संक्रमणलाई गम्भिर रुपमा लिन युरोपलाई डब्ल्युएचओको चेतावनी
एजेन्सी । विश्व स्वास्थ संगठनले युरोपमा बढ्दो संक्रमितहरुको संख्याले खतराको घण्टी बजेको भन्दै यसलाई गम्भिर रुपमा लिन चेतावनी दिएको छ । युरोपमा पछिल्लो समय फेरि संक्रमितको संख्या दैनिक बढ्दैछ । कोरोना भाइरसको महामारीको दोस्रो लहरलाई रोकथाम गर्न यतिबेला युरोपका विभिन्न देशका सरकारहरुले स्थानीय तवरमा कडाईका विभिन्न प्रक्रिया अपनाइरहेका छन् र उनीहरु फेरि लकडाउन गर्ने वा नगर्ने भने स्थितिको विश्लेषण गरिरहेका छन् ।
त्यसैले, अवस्थालाई गम्भिर लिन डब्ल्युएचकोका क्षेत्रीय निर्देशक हान्स क्लुगले बिहीबार पत्रकार सम्मेलनमा सजग गराएका हुन् । ‘फेरि युरोपमा अहिले कोरोना संक्रमण बढेको छ । गत हप्ता यस क्षेत्रमा संक्रमित हुनेको संख्या (एक हप्ताभित्र) ३ लाखभन्दा बढी थियो,’ उनले भने ।
आधाभन्दा धेर युरोपेली देशहरुले पछिल्ला दुई सातामा १० प्रतिशतभन्दा धेरैले संक्रमितको संख्या बढेको जनाएका छन् । फ्रान्समा संक्रमणले दोस्रोपटक महामारीको रुप धारणा गर्ने देखिएको छ । यहाँ दैनिक १० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुन थालेको छ । बेलायत, जर्मनी, इटली र स्पेनमा पनि संक्रमितको संख्या बढेको छ ।
यी सबै देशमा पहिलो लहरको निकै खराब प्रभाव परेको थियो । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बेलायतमा ४१ हजारभन्दा धेरै, इटलीमा ३५ हजारभन्दा धेरै, फ्रान्समा ३१ हजारभन्दा धेरै र स्पेनमा ३० हजारभन्दा धेरैको मृत्यु कोरोनाका कारण भइसक्यो । जर्मनीमा संक्रमण उच्च रहेपनि अन्य देशको दाँजोमा मृत्युदर निकै कम छ । यहाँ, २ लाख ६९ हजारभन्दा धेरैमा संक्रमण देखिदाँ, ९ हजार चार सयको मात्रै मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण