सफ्ट्वेरिका कलेजले १० विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने
काठमाडौ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सले १० जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ।
विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले जानकारी दिए। विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए।
१० दिनका लागि करिब ५० लाख खर्चेर कलेजले विद्यार्थीको आवतजावतको टिकट, बसोबासको व्यवस्था गरेको कलेजका बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए।
विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए।
कलेजका २६ र २७ ब्याच सहभागी हुने भ्रमणमा ३० प्रतिशत सिट महिला विद्यार्थीको रहने पौडेलले जानकारी दिए। १५ नोभम्बर, २०२० सम्म आवेदन लिएर २०२१ मा अवलोकन भ्रमण गराइने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण