बेलायतको एयरपोर्टमा नेपालीहरुलाई थप सहज
लन्डन । विदेशमा रहेका नेपालीहरुलाई नेपाल फर्किंदा अनिवार्य गरिएको पीसीआर रिपोर्टका कारण बेलायतको एयरपोर्टमा भोग्नुपर्ने सास्तीको अन्त भएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) द्वारा प्राप्त पीसीआर रिपोर्टलाई कतार तथा टर्किस एअरलाइन्सले मान्यता दिने नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । प्रवक्ता रोशन खनालले दिएको जानकारी अनुसार दूतावासले नेपाल परराष्ट्रमार्फत ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) र दुबै एयरवेजलाई पत्राचार गरेर समस्याको सम्बोधन गरिएको बताएकी छन् ।
बेलायतमा परीक्षण गरिएको पीसीआर रिपोर्टलाई कतार र टर्किस एयर्लाइन्सले मान्यता दिने भएपछि बेलायतबाट नेपाल फर्किने यात्रुहरुलाई थप राहत मिलेको छ । आगामी सेप्टेम्बर २५ मा कतार एयरलाइन्सबाट नेपाल जान लागेका बाबा आमा तथा सासुआमा लगायतको पीसीआर रिपोर्टका कारण चिन्तित बनेकी लन्डनको ह्यार्रोमा बस्दै आएकी सरस्वती केसी अहिले ढुक्क भएकी छन् । कुन तरिकाले पठाउने भनेर निकै चिन्तित थियौं, कतार तथा टर्किस एयर्लाइन्सले एनएचएसको पीसीआर रिपोर्टलाई मान्यता दिने भएछ, निकै खुसी लाग्यो’ केसीले भनिन् । यसबाट आफुजस्ता अन्य धेरै नेपालीहरु लाभान्वित हुने उनले बताइन् ।
यसअघि पीसीआर रिपोर्टकै कारण बेलायतबाट नेपाल फर्किने यात्रुहरुले निकै सास्ती खेप्दै आएका थिए । ६ महिनादेखि अलपत्र भएर महँगो भाडा दरमा टिकट काटेर एयरपोर्ट पुगेका दर्जनौं यात्रुहरु नेपाल सरकारको स्पष्ट नीति नभएका कारण निराश भएर फर्किन बाध्य भएका थिए । नेपाल सरकारद्वारा एयरलाइन्सलाई उपलब्ध गराइएको नेपालकै एक ल्याबको पीसीआर रिपोर्टको निश्चित ढाँचालाई मात्र मान्यता दिने अडान एयरलाइन्सले लिँदै आएका कारण यात्रुहरु मारमा परेका हुन् । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)द्वारा परीक्षण गरिएको रिपोर्टलाई नेपाल सरकारको मापदण्डअनुसार नभएको भन्दै एयर्लाइन्सले अस्वीकार गर्दै आएका थिए ।
नेपाली दूतावास लन्डनले बुधबार एक सूचना अजारी गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल जाने सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपालीहरुले यात्रा गर्दा अनिवार्य रुपमा ७२ घन्टाभित्रको पीसीआर रिपोर्ट लिई यात्रा गर्न अनुरोध गरेको छ । यसैगरी गैरआवासीय नेपालीहरुले नेपाल जानूपूर्व राजदूतावासबाट अनिवार्य रुपमा भिसा तथा सिफारिस पत्र लिएर मात्र यात्रा गर्न पाइने जनाउँदै नेपाल जाने हवाई टिकट र पीसीआर रिपोर्ट प्राप्त भैसकेपछि उडानको ४८ घण्टाभित्र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को वेबसाइट www.ccmc.gov.np को अनलाइन फारम भरी त्यसको सिस्टम जेनेरेटेड कोडको स्क्रिनशट वा प्रिन्ट गरि १ प्रति साथमा लैजान सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण