बसुन्धाराको आइसोलेशनबाट कोरोना संक्रमित थुनुवा फरार
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका थुनुवा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा रहेका काभ्रेको नमोबुद्ध नगरपालिका–६ घर भएका रमेश तामाङ शुक्रवार बिहानीपख भागेका हुन् ।
बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आईसोलेशनाट कोरोना संक्रमण पुष्टि भएका थुनुवा भागेको लागु औषध नियन्त्रण ब्यूराका एसएसपी दिलिप चौधरीले रातोपाटीलाई बताए । तामाङमा गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् ।
शुक्रबार बिहान पौने २ बजेतिर श्रीमतीले उनलाई ट्याक्सीमा हालेर भगाएको प्रहरी स्रोतको भनाई छ । उनलाई पक्राउ गर्न ब्युरोको जम्बो टोली खटिएको छ । उनीसँगै प्रहरीका एक इन्स्पेक्टर पनि आईसोलेशनमा थिए । ती इन्सपेक्टर पनि लागुऔषध कारोबारीसँग सम्पर्कमा देखिएपछि पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?