बसुन्धाराको आइसोलेशनबाट कोरोना संक्रमित थुनुवा फरार
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका थुनुवा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा रहेका काभ्रेको नमोबुद्ध नगरपालिका–६ घर भएका रमेश तामाङ शुक्रवार बिहानीपख भागेका हुन् ।
बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आईसोलेशनाट कोरोना संक्रमण पुष्टि भएका थुनुवा भागेको लागु औषध नियन्त्रण ब्यूराका एसएसपी दिलिप चौधरीले रातोपाटीलाई बताए । तामाङमा गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् ।
शुक्रबार बिहान पौने २ बजेतिर श्रीमतीले उनलाई ट्याक्सीमा हालेर भगाएको प्रहरी स्रोतको भनाई छ । उनलाई पक्राउ गर्न ब्युरोको जम्बो टोली खटिएको छ । उनीसँगै प्रहरीका एक इन्स्पेक्टर पनि आईसोलेशनमा थिए । ती इन्सपेक्टर पनि लागुऔषध कारोबारीसँग सम्पर्कमा देखिएपछि पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण