भोकको मलामी
शनिबार, ०३ असोज २०७७, १९ : ०३
-मनोज कार्की
बिहानै नाम्लो लिएर
बिहानै रिक्सा लिएर
ठेला वा गाडा लिएर
निस्कने गरेका भोकहरु
आज आफै मरणासन्न छन्।
उठ्नु परेको छैन हातमा ठेलाहरु
बस्नुपरेको छैन थाप्लामा राता डामहरु
न त कम्मरमा पटुका नै कस्नु परेको छ
यति धेरै सुख दिने हजुरीमा दिँदै सलामी
खालि पेट आज गईरहेछ
भोकको मलामी।
डालाका दाल, चामल अनि पिठो सम्झेर
कोक्रोका दूध, दबाई अनि लिटो सम्झेर
जिन्दगीका जिजीबिषा सारा गर्दै चलानी
खालि पेट आज गइरहेछ
भोकको मलामी।
कुद्नु परेको छैन मृगतृष्णा फड्को मारि
खेल्नु परेको पनि छैन भिडसँग पौठेजोरी
न त जिउ पसिनाले निथ्रुक्क पार्नै परेकोछ
सम्झेर चपाएको चामल अनि चौलानी
खालि पेट आज गईरहेछ
भोकको मलामी।
बराहक्षेत्र, सुनसरी l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण