शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित

शनिबार, ०३ असोज २०७७, २० : ५८
शनिबार, ०३ असोज २०७७

  
काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित भएका छन् ।

दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा सफल उद्योगी व्यवसायी रहेका अध्यक्ष अग्रवाललाई नेपाल सरकारले ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित गरेको हो । 

अध्यक्ष अग्रवालले राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आएका छन । 

अध्यक्ष  अग्रवालले बैंकक साथै विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन । साथै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप