आईपीएल : मुम्बईमाथि चेन्नाई भारी
इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।
अबुधाबीमा खेलिएको खेलमा टस हारेर मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनायो जवाफमा सीएसकेले १९.२ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो । ओपनिङ खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई सीएसकेले हराएको यो दोस्रो अवसर हो ।
मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ तथा क्विन्टन डिककले ३३ रन बनाए । सीएसकेका लागि लुंगी एनगिडीले ३ विकेट लिए ।
१ सय ६३ रन लक्ष्य पछ्याउने क्रममा सीएसकेको शुरुवात भने सुखद रहेन । शुरुवाती दुई ओभरमा नै टोलीले दुई विकेट गुमायो । त्यसपछि ७१ रन बनाएका अम्बाती रायडू र ५८ रन बनाएका फाफ डु प्लेसिसले खेल सम्हाले । दुई जनाले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्दै जीतको आधार तय गरे ।
योसँग महेन्द्रसिंह धोनीले कप्तानका रुपमा चेन्नाईलाई १ सयौँ खेल जिताउन सफल भएका छन् । कप्तानका रुपमा उनले सर्वाधिक १०५ खेल खेल जितेका छन् । ५ खेल उनले राइजिङ पुणे सुपरजायन्टसका लागि जितेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण