संविधान दिवसको अवसरमा नेपाली दूतावास युएईद्वारा झन्डोत्तलन
युएई । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा नेपाली दूतावास युएईद्वारा झन्डोत्तलन तथा शुभकामना आदानप्रदान गरेको छ। आज एक कार्यक्रम गरी छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दूतावास परिसरमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् । झन्डोत्तलन कार्यक्रममा नेपाली दूतावास युएईका उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा लगायत दूतावासका अन्य कर्मचारी तथा नेपाली समुदाय र पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।
झन्डोत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन गर्दै नेपाली दूतावास युएईका उपनियोग प्रमुख धितालले नेपालको हाल लागू संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पुर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानहरुमा नेपालको संविधान रहेको बताइन् ।
संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर युएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झन्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई युएई सरकारले पनि उच्च सम्मान गर्दै निःशुल्क सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरुले गौरवको अनुभूति गरेको उनले बताइन् ।
कार्यक्रममा राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विध्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पारेका थिए । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताए ।
कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा युएईमा कार्यरत सबै नेपालीहरुलाई सुख,शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गरे । सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपाने,नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण