व्यवसाय विविधिकरण गर्दै आयल निगम, फर्नेस तेलको बिक्री सुरु
काठमाडौं । नेपाल आयल निगमले फर्नेस तेलको आयातमा सहजीकरण गरिदिने भएको छ । आयल निगमले इन्डियन आयल कर्पोरेसनका डिपोहरुसँग समन्वय गरेर नेपालको औद्योगिक क्षेत्रको लागि आवश्यक पर्ने यस्तो तेलको आयातमा सहजीकरण गरिदिने भएको हो । यसअघि व्यवसायीहरु आफैले भारतबाट त्यस्तो तेल खरिद गर्दै आएका थिए । व्यवसायीले आफैले किन्दा प्रक्रिया पनि झन्झटिलो हुने भएकोले निगमले यसमा सहजीकरण गरिदिन लागेको हो ।
५/६ वर्षअघिसम्म निगम आफैले यस्तो तेलको आयात र बिक्री गर्ने गथ्र्यो । त्यसबेला विद्युत् प्राधिकरण अन्तर्गतको मल्टिफ्युल सेन्टर, डीडीसी लगायत संस्थानहरुले ठूलो परिमाणमा त्यस्तो तेल किन्दै आएका थिए । तर, मल्टिफ्युल सेन्टर बन्द भएपछि तेलको माग घटेको भन्दै निगमले यस्तो तेलको आयात बन्द गरेर व्यवसायीहरु आफैंले त्यस्तो तेल ल्याउन पाउने व्यवस्था गरिदिएको थियो । पछिल्लो समय यसको माग बढ्न थालेपछि निगमले त्यस्तो सक्रियता देखाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार तेल आवश्यक हुने औद्योगिक प्रतिष्ठानले विराटनगर र अमलेखगञ्जका डिपोलाई खरिद आदेश दिनुपर्नेछ । सोअनुसार निगमले भारतीय आयल कर्पोरेसनको डिपोसँग यस्तो तेल खरिदका लागि समन्वय गर्दै व्यवसायीलाई टीटी उपलब्ध गराइदिनेछ । त्यसको ढुवानी भने स्वयम् व्यवसायीले नै गर्नेछन् ।
यस्तो तेल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिन्छ । यसलाई डिजेलको प्रतिस्थापनको रुपमा जेनेरेटरहरु चलाउन प्रयोग समेत गरिन्छ । डिजेलभन्दा करिब ४० प्रतिशत सस्तो हुने भएकोले उद्योगीहरुले यो तेललाई रुचाउँदै आएका हुन् । अहिले यो तेलको माग वार्षिक ४ सय टनसम्म पुगको अनुमान निगमले गरेको छ । जबकी अघिल्ला वर्षहरुमा यो २ सय टनभन्दा पनि कम आयात हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण